Friday, August 6, 2010

हाइकुको जमर्को

१.
पर क्षितिज
एकतमास मन
दैनिकी उस्तै

२.
भ्रान्तिको धारा
जीवनको दर्शन
बोध अमूल्य

३.
बहर गोरु
होक्काँ गर्ने रहर
रक्ताम्मे सिङ

४.
ओरालो बाटो
थामिनसक्नु वेग
यात्रा जारी छ

2 comments:

  1. बडा रमाइला रहेछन हाइकु | जापान बसाइको उपज हो कि ? आज बल्ल देखेर पढें |

    ReplyDelete
  2. धन्यवाद सर, हौसलाका लागि। केही हदसम्म जापान बसाइकै उपज भन्नुपर्ला यी हाइकुहरुलाई :)

    ReplyDelete