Saturday, May 7, 2011

ताकाओ पहाडतिरको घुमघाम

यसपालिको 'गोल्डेन विक' को बिदामध्येको एक दिन साथी राजेन्द्रजीसँग ताकाओ पहाड (ताकाओ-सान) तिरको 'हाइकिङ' मा बिताइयो। जापानी फुच्चे पहाडहरुमा यो मेरो तेस्रो यात्रा थियो। यसअघिका यात्राहरुबारे यहाँ ('ओकुतामा तालतिरको यात्रा र राजनीति बिग्रिएको देशका कुरा') र यहाँ ('चुकुबा शहर र चुकुबा पहाडका कुरा') लेखिसकेको छु।

ताकाओ पहाड टोकियो शहरको मध्यभागबाट लगभग एक घण्टाको ट्रेन-यात्रामा पुगिने, समुद्री सतहबाट ५९९ मिटरको उचाइमा रहेको एउटा प्रसिद्ध 'हाइकिङ' गन्तव्य हो। साकुरा फुल्ने वसन्त ऋतुको समय होस् वा मेपल लगायतका रुखले पातको रङ फेर्दा प्रकृति नै रङ्गीन बन्ने शरद ऋतुको समय होस्, टोकियोबाट नजिकै रहेको गन्तव्यको रुपमा ताकाओ पहाडको चर्चा भइ नै हाल्छ। 'गोल्डेन विक' को बिदामा त झन् यो भीडभाडै हुने ठाउँका रुपमा चिनिन्छ। यसपालि त्यही 'भीडभाड' को एउटा हिस्सा भयौँ हामीहरु पनि।

तल ताकाओ पहाडतिरको घुमघामका क्रममा लिइएका केही तस्वीरहरु राख्ने जमर्को गरेको छु। तर म फोटोग्राफीमा कुनै खास 'अक्कल' वा प्राविधिक ज्ञान भएको व्यक्ति भने होइन है:)

बाटोमा देखिएका पदयात्रीहरु
बाटोमा बेच्न राखिएको 'दाङ्गो' (चामलको पीठोबाट बनेको एक किसिमको जापानी परिकार)
वरिपरिका हरिया थुम्काहरु
टोकियोमा साकुरा फुल्ने याम सकिए पनि ताकाओसानमा ढकमक्क फुलेको 'यामाजाकुरा' (साकुराको एउटा पर्वतीय प्रजाति)
ताकाओसान याकु-ओउ-इन मन्दिर (जापानका ४५ औँ सम्राट सोमुले सन् ७८८ मा पहिलोपल्ट यो बौद्ध मन्दिर बनाउन लगाएका रहेछन्)
ताकाओसान याकु-ओउ-इन मन्दिरको प्रवेशद्वार नजिकै रहेका 'तेङ्गु' नामका लामो नाक गरेका 'प्रेत' हरु
गुराँस फूल: 'मिचुबा चुचुजी'
बाटोमा देखिएका अन्य फूलहरु
ताकाओसानको टाकुरानेरै पुग्न लाग्दा देखिएको मान्छेको भीड
ताकाओसानको टाकुराबाट देखिएको पहाडी दृष्य (फुजीसान शायद यतै कतै थियो कि, तर आकाश त्यति नखुलेकाले खासै मेसो पाउन सकिएन)
ताकाओसानको फेदी पृष्ठभूमिमा देखिएको हाचिओजी शहर
र अन्त्यमा, हाम्रो प्यारो 'लालीगुराँस' (फर्केर ताकाओसानको फेदीमा आइपुग्दा देखिएको)

5 comments:

  1. अहा ! कति सुन्दर !
    अब जापानका पहाडहरु घुम्न पर्यो "समय र परिवेश"लाई पच्छ्याउदै ।

    ReplyDelete
  2. प्रतिक्रियाका लागि धन्यवाद कृष्णपक्षजी!

    ReplyDelete
  3. अहिले चाहि कता घुम्दै हो त ?

    ReplyDelete
  4. अहिले त कता घुम्नु र काइँला ब्रो, उही घरबाट युनिभर्सिटी अनि युनिभर्सिटीबाट घर भनेजस्तो भइराख्या'छ! ;)

    ReplyDelete
  5. बडो राम्रो ठाउँ घुम्नु भएको रहेछ | तस्बीर पनि असाध्यै राम्रा लागे |

    ReplyDelete