हुनत शब्दमा भ्रष्टाचारीलाई गाली नगर्ने हामीमध्ये कमै होऔँला। तर भ्रष्टाचारी भनेका टप्पर्टुइँया नेताहरु वा साना-ठूला सरकारी ओहोदामा बसेर अनियमितता गर्नेहरु मात्र होइनन्। न त ती राजश्व छल्ने र कालो व्यापार गर्नेहरु मात्र नै हुन्। भ्रष्टाचार एउटा प्रवृत्ति हो - लोभलालचको, बेइमानीको र नैतिकताहीनताको। आफूले बेलामौकामा सय-पचास रुपैयाँमा पनि इमान्दारिता देखाउन नसक्नेले भ्रष्टाचारले गर्दा देश बिग्रियो भनेर डाँको छोड्ने गरेको देखिनु हाम्रो समाजमा नौलो होइन। फेरि मिश्रले नै भनेजस्तै 'भ्रष्टाचारका कीटाणु हाम्रा नसानसामा कसरी बास गरिसकेका छन् भने तिनलाई हामीले स्वभाविकरूपमा ग्रहण गर्न थालिसकेका छौँ। हामीले भ्रष्टाचार गरेर लाज र ग्लानि महसुसै नहुने मानसिकताको विकास गरिसकेका छौँ।' तर यो विडम्बनापूर्ण स्थितिको अन्त्य नगरी हाम्रो उन्नति हुनेवाला छैन।
त्यसैले सबै किसिमका भ्रष्ट आचार र आचरणका विरुद्ध आफ्नो तर्फबाट जेजस्तो उपाय अपनाउन सकिन्छ, हामी पनि प्रयास गरौँ। पेशागत निष्ठा र इमान्दारिताका पक्षमा सतिसालझैँ उभिने रामेश्वर खनाल र रामप्रसाद श्रेष्ठजस्ता अरु थुप्रै सुपुत्रहरु जन्मने/जन्माउने बाटो पनि यही नै हो।
******************************************************************
******************************************************************
भ्रष्टाचारीलाई स्याउँस्याउँती कीरा परोस्!
भ्रष्टाचार गरेर कमाएको धनले भत्भति पोलोस्!
भ्रष्टाचारीको उठीबास होस्!
भ्रष्टाचारीलाई मर्ने बेलामा मुखमा पानी हालिदिने समेत कोही नहोस्!
तर त्यो सबैभन्दा पहिले, हुनसक्छ भने