Tuesday, April 13, 2010

नयाँ वर्ष २०६७ शुभ रहोस्

विक्रम सम्वतको नयाँ वर्ष २०६७ भोलिदेखि शुरु हुँदैछ। चरम अवसरवादी राजनीति र स्वनामधन्य 'डेढ-अक्कलवादी' हरुको अक्कलको तारो विक्रम सम्वत पनि बन्न पुगेको छ अहिलेको 'नयाँ नेपाल' मा। त्यसैले कहिले बिना कुनै व्यवहारिक तयारी नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गर्ने होड हुन्छ भने कहिले इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउने हल्ला चल्छ। मौलिकताका हिसाबले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ वा बदलिँदो विश्व परिवेशमा छरितोपनका लागि अन्तरराष्ट्रिय रुपमा प्रचलनमा रहेको इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ भन्ने तर्कहरु आफैँमा अनुचित होओइनन् तर वर्षौँदेखि आम नेपाली जनमानसमा भिजेको र आफ्नै किसिमको वैज्ञानिकता बोकेको विक्रम सम्वतप्रति पूर्वाग्रह राखिनु चाहिँ काग बढी बाठो भएर आची खानु बराबर नै हो। तर के गर्ने हामीकहाँको अन्त्यहीन प्रतीत हुने संक्रमणकालको मूल विशेषता नै यस्तै 'बाठोपन' देखिन्छ।

खैर, यी कुरालाई यहीँ छोडेर अहिलेलाई भने यहाँहरु सबैमा नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

नयाँ वर्ष २०६७ सबै हिसाबले शुभ रहोस्, मंगलकारी रहोस्!!



Yet the timeless in you is aware of life's timelessness, And knows that yesterday is but today's memory and tomorrow is today's dream.

-- Khalil Gibran

6 comments:

  1. मनासिब कुरा हो । मौलिकतालाई प्राथमिकता दिनु नै परिचय स्थापनाको सुरुवात हो । यो हरेक विषयमा लागू हुन्छ ।
    आफ्नोपनको आधारमा 'नेपाल सम्वत'लाई नै मानक मान्दा हुन्छ मेरो ठहरमा ।

    यस ब्लगका पाठकलगायत ध्रुवजीलाई नयाँ वर्ष २०६७ को शुभ कामना ।

    http://dhaiba.blogspot.com/

    ReplyDelete
  2. नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !!!

    ReplyDelete
  3. पन्थीजी र यहाँका पाठकहरुलाई नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !
    (जसले जे भने पनि विक्रम सम्बत हाम्रो मनबाट कहाँ जाला र?)

    ReplyDelete
  4. नयाँ बर्ष र मदर्स डे को मंगलमय शुभकामना ध्रुब जी लगायत ब्लगमा रमाउने पाठक र शुभ-चिन्तकरुलाई ।

    ReplyDelete
  5. ढिला आईपुगेको छु। पन्थीजी र यो ब्लगका समस्त पाठकहरुमा नववर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  6. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैमा सादर धन्यवाद। पुन: एकपल्ट नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।

    ReplyDelete