Saturday, December 25, 2010

नेपाली ब्लग संसार - २०१०

गत अगस्टमा सम्पन्न नेपाली ब्लगरहरुको अनलाइन भेलामा नेपाली ब्लगहरुको 'रिडरसिप' बढाउने सम्बन्धमा उपयोगी छलफल भएको थियो। त्यसमा नवीनजीले अघि सार्नुभएको अवधारणा अनुसार ब्लगरहरुले आफूलाई उत्कृष्ट लागेका नेपाली ब्लगपोस्टहरुको सूचि (सकेसम्म आवधिक रुपमा) आ-आफ्नो ब्लगमा प्रकाशित गर्ने भन्ने विषय पनि परेको थियो। सोही अनुरुप केही ब्लगरहरुले पहिले नै यस्ता सूचिहरु प्रकाशित गरिसक्नुभएको छ, जसले नेपाली ब्लगजगतबारे खासै जानकारी नभएका पाठकहरुलाई राम्रा ब्लगहरुसम्म आकर्षित गर्न थोरै नै भए पनि मद्दत पुर्‍याउने आशा गर्न सकिन्छ। तर यस कुरामा 'गर्छु' भन्दाभन्दै निकै ढिलो हुनेमा परेँ मचाहिँ, कहिले अचानक आइलाग्ने व्यस्तता त कहिले आफ्नै अल्छिपनले गर्दा। जेहोस्, अब त २०१० सालको पात्रो नै फेरिने बेला हुन थालिसक्यो, त्यसैले २०१० मा प्रकाशित मलाई उत्कृष्ट लागेका दश ब्लगपोस्टहरुको सूचि यहाँ राख्दैछु।

यहाँ छानिएका ब्लगपोस्टहरु मलाई नितान्त व्यक्तिगत रुपमा मन परेका प्रतिनिधि ब्लगपोस्टहरु मात्र हुन्। त्यसैले अरु थुप्रै ब्लग र ब्लगपोस्टहरुप्रति मैले न्याय गर्न नसकेको पनि हुन सक्छु। तर उत्कृष्टमध्ये पनि दश उत्कृष्ट ब्लगपोस्ट छान्नुपर्ने अप्ठ्यारो र एक किसिमले अपजसे कामको प्रकृतिलाई यहाँहरुले बुझिदिनुहुने नै छ भन्ने आशा गर्दछु।

१. जिन्दगी/अनुभूति
http://sunraintales.blogspot.com/2010/02/blog-post.html

२. आमाको रेस्टुरेन्टको भात मिठो बाउको होटेलमा निन्द्रा प्यारो
http://archanashrestha.blogspot.com/2010/02/blog-post_06.html

३. वृद्धाश्रममा भेटिएका दुई वृद्ध युवा
http://ametya.blogspot.com/2010/03/blog-post.html

४. परदेशमा हामीले खेलेको भकुन्डो र संविधान
http://khullamanch.blogspot.com/2010/05/blog-post.html

५. तँ किन घर फर्किस्?
http://www.basantagautam.com/2010/08/blog-post_09.html

६. अम्रिका बस्दाका केही रोचक प्रसङ्गहरु-१
http://giri25.blogspot.com/2010/08/blog-post.html

७. सडकजाम एण्ड माई फिलिङ्स...
http://www.gufgaf.com/2010/08/blog-post_27.html

८. भूतवक्ताका कुरा !
http://dacharya.blogspot.com/2010/09/blog-post_11.html

९. बोत्तल पुराण !!!
http://www.aakarpost.com/2010/09/blog-post_27.html

१०. गफ दिए ओबामाले
http://www.milanl.com/2010/11/blog-post.html

र अन्त्यमा, यो पनि (२००९ बाट):
गफ
http://kamaladi.com/2009/08/10/guff/

(द्रष्टव्य: ब्लगहरुको १ देखि १० सम्मको क्रम प्रकाशित मिति अनुसार राखिएको छ।)

इसवी सम्वतको नयाँ वर्ष २०११ सुखद र मङ्गलमय रहोस्! यहाँहरु सबैमा हार्दिक शुभकामना!!