Tuesday, April 13, 2010

नयाँ वर्ष २०६७ शुभ रहोस्

विक्रम सम्वतको नयाँ वर्ष २०६७ भोलिदेखि शुरु हुँदैछ। चरम अवसरवादी राजनीति र स्वनामधन्य 'डेढ-अक्कलवादी' हरुको अक्कलको तारो विक्रम सम्वत पनि बन्न पुगेको छ अहिलेको 'नयाँ नेपाल' मा। त्यसैले कहिले बिना कुनै व्यवहारिक तयारी नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गर्ने होड हुन्छ भने कहिले इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउने हल्ला चल्छ। मौलिकताका हिसाबले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ वा बदलिँदो विश्व परिवेशमा छरितोपनका लागि अन्तरराष्ट्रिय रुपमा प्रचलनमा रहेको इसवी सम्वतलाई राष्ट्रिय सम्वत बनाउनुपर्छ भन्ने तर्कहरु आफैँमा अनुचित होओइनन् तर वर्षौँदेखि आम नेपाली जनमानसमा भिजेको र आफ्नै किसिमको वैज्ञानिकता बोकेको विक्रम सम्वतप्रति पूर्वाग्रह राखिनु चाहिँ काग बढी बाठो भएर आची खानु बराबर नै हो। तर के गर्ने हामीकहाँको अन्त्यहीन प्रतीत हुने संक्रमणकालको मूल विशेषता नै यस्तै 'बाठोपन' देखिन्छ।

खैर, यी कुरालाई यहीँ छोडेर अहिलेलाई भने यहाँहरु सबैमा नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।

नयाँ वर्ष २०६७ सबै हिसाबले शुभ रहोस्, मंगलकारी रहोस्!!



Yet the timeless in you is aware of life's timelessness, And knows that yesterday is but today's memory and tomorrow is today's dream.

-- Khalil Gibran